निकोनको नयाँ मिररलेस क्यामेरा सार्वजनिक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १, सोमबार

निकोनले विश्व बजारमा निकोन जेडएट (Nikon Z8) नामक नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ ।
निकोनको यो क्यामेरा स्थिर फोटोग्राफी र भिडियोग्राफी दुवैको लागि डिजाइन गरिएको छ ।
यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको मूल्य ४ हजार डलर अर्थात नेपाली मुल्य करिब ५ लाख २५ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीको जेडनाइन मोडल जस्तै डिजाइन भएको यो क्यामेरा भने सानो र बोकेर हिड्न सजिलो हुने छ । यसको तौल ९१० ग्रामको छ ।
यो क्यामेराले निकोनको जेड माउन्टेड र एफ माउन्टेड लेन्सहरू सपोर्ट गर्छ ।
यसमा ०.५ इन्चको इलेक्ट्रोनिक भिउफाइन्डर छ भने ३.२ इन्चको टचस्क्रिन उपलब्ध छ जसलाई ठाडो र तेर्सो गरेर प्रयोग गर्न सकिन्छ ।
यस्तै क्यामेरामा १८ लेभलको म्यानुअल ब्राइटनेस कन्ट्रोल फिचर पनि उलब्ध छ ।
भिडियोग्राफीको लागि यस क्यामेरामा ३० फ्रम पर सेकेण्डमा एटके, फोरके एचडी र फुल एचडीमा खिच्न सकिन्छ ।
यसमा ५२.३७ मेगापिक्सेलको फुल–फ्रेम सीएमओएस सेन्सर साथमा अधिकता ४ सय ९३ ओटा अटोफोकस पोइन्टहरू पनि रहेका छन् ।
यी बाहेक क्यामेरामा वाइफाइ, ब्लुटुथ, यूएसबी–सी पोर्ट, एचडीएमआई आउट, अडियो इनपुट/आवटपुट लगायतका फिचर पनि उपलब्ध छ ।
Categorized in बिजनेस