arin enterprises

निरा पाण्डे हत्या प्रकरणमा एक जना पक्राउ

SamacharDesk | २०८० बैशाख १७, आइतबार

काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापाको धुलाबारी घर भएका विनोद विकलाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको हो । यही बैशाख ७ गते सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको दिउँसै उनको पसलमै छुरा हानी हत्या गरिएको थियो ।

काठमाडौंमा बाउन्सरको काम गर्दै आएका विक निराको हत्यापछि भागेर गृह जिल्ला झापा पुगेको र त्यही उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज झापाबाट काठमाडौं ल्याएर सार्वजनिक गर्ने तयारी पनि प्रहरीले गरेको छ ।

निकै रहस्यमय मानिएको उक्त घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ । सोही टोलीले बिकलाई झापाबाट पक्राउ गरेको बुझिएको छ ।

घटनालगत्तै प्रहरीले अनुसन्धान थाले पनि एक साता बढी लामो अनुसन्धान पछि विकलाई समाप्त सफल भएको छ । यसअघि अनुसन्धानका क्रममा कुकुर लगेर ट्र्याक गर्ने प्रयास पनि भयो । तर भीडभाड धेरै हुने स्थानमा कुकुरको अनुसन्धान प्रभावकारी भएन ।

अझ मृतक महिलाले बैंकबाट लाखौं रुपैयाँ निकालेको प्रमाणले घटनासंग वित्तीय कारोवार जोडिएको संकेत प्रहरीलाई मिलेको थियो । अनुसन्धानबाट प्राप्त जानकारी अनुसार अफलाईनको पठाओमा पुगेका दुईजनाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

उनीहरु पसल नजिकै ओर्लिएर पसलतिर गएको देखिन्छ । पसलमा एक झोला भाँडाकुँडा प्याक गरेको अवस्थामा फेला परेको छ । त्यो कसैले अर्डर गरेर सामान ल्याउने निहुँ पारेर हत्या गर्यो कि भन्ने आशंका पनि प्रहरीको छ ।

तर त्यो सामान कसले माग गरेको थियो भन्ने रहस्य पनि खुलेको छैन । प्रहरीको अर्को शंका आर्थिक गतिविधिमाथि छ ।

हत्या भएकै दिन निराले आफ्नो खाताबाट १९ लाख रुपैयाँ निकालेको पाइएको छ । मुद्दती खातामा राखेको उक्त रकम निकाले पनि अर्को खातामा रकम जम्मा गरेको भेटिएको प्रहरी बताउँछ ।

आर्थिक कारणबाट घटना भएको हुनसक्न ेतर्फ पनि अनुसन्धान भइरहेको जनएको छ । विक पक्राउ परेपछि भने अब भने घटनाबारे सत्य तथ्य कुरा बाहिर आउने देखिन्छ ।

Categorized in अपराध
SKIP THIS maharjan complex bumper adv