arin enterprises

गोकर्णेश्वर नगरपालिकामा सुकुम्वासीलाई निस्सा वितरण

SamacharDesk – बिराज | २०७९ पौष २०, बुधबार

गोकर्णेश्वर नगरपालिकामा सुकुम्वासी लगायतलाई निस्सा वितरण गरिएको छ ।

आज गोकर्णेश्वर नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको हो ।

आज गोकर्णेश्वर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाको वडा ५ र वडा ८ का भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको थियो ।

जम्मा २५ घर परिवारलाई निस्सा वितरण गरिएकोमा एक परिवार भूमिहीन दलित थियो भने सुकुम्वासी ३ र अव्यवस्थित बसोबासी १५ परिवार थिए ।

भूमिहीनलाई जग्गा वितरणको कार्यविधि अनुसार वडामार्फत भूमिहीनको निवेदन दर्ता भएपछि निवेदन रुजु भई वडा अध्यक्षबाट प्रमाणित भइसकेपछि दर्ता गरेर निस्सा तयार गरी निवेदकलाई दिने गरिन्छ ।

निस्सा वितरण पछि निवेदन प्रणालीमा प्रविष्टी, प्रतिवेदन, सूचना प्रकाशनलगायतका प्रकृया अघि बढाइन्छ ।

निस्सा वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा र भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थिती थियो ।

साथै भूमि आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापति, सदस्य सुशीला खतिवडा, मोतिलाल लामा र आयोगका सदस्य सचिव साथै काठमाडौं जिल्ला नापी अधिकृत शिव लम्सालको पनि उपस्थिती रहेको थियो ।

Categorized in समाज