पनौतीको १२ वर्षे मेलामा भीडभाड गर्न नपाइने
SamacharDesk – समाचारडेस्क | २०७८ पौष २७, मंगलबार

काठमाडौँ । पनौतीको प्रसिद्ध १२ वर्षे मकर मेलामा पनि २५ जनाभन्दा बढी भीड नगर्न नगरपालिकाले निर्देशन दिएको छ ।
नगरपालिकाअन्तर्गतको मकर मेला मूल व्यवस्थापन समितिको सचिवालयले मङ्गलबार एक सूचना जारी गर्दै मकर मेलासँग सम्बन्धित अन्य सबै कार्यक्रम अन्य सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेबाट जारी आदेशअनुसार कोरोना सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि मेलामा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाइने उक्त सूचनामा उल्लेख छ ।
भीडभाड नगरी भक्तजनले त्रिवेणीघाटमा स्नान भने गर्न पाउने नगरपालिकाले जनाएको छ ।
