arin enterprises

सरकारले निषेधित क्षेत्र बढायो

SamacharDesk | २०८० फाल्गुण १६, बुधबार

लघुबित्तपीडित र मिटरब्याज पिडितहरुको आन्दोलन यतिबेला राजधानीे केन्द्रित रहेपछि सरकारले निषेधित क्षेत्रहरु बढाउन थालेकोछ ।

सोमबार लघुबित्त पिडितहरु संसद भवन जस्तो सम्बेदनशील क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्यो भने प्रहरी प्रधान कार्यालयले घटनाको छानबिन गर्न समिति नै गठन गर्नुप¥यो ।

सोमबारको घटनाले राजधानीका बिभिन्न क्षेत्रलाई थप निशेधित क्षेत्र घोषण गर्न सरकार बाध्य भएको छ । चार महिनादेखि देशको राजधानी शहर काठमाण्डौका मुख्य केन्द्रलाई निषेधित क्षेत्र तोकेको सरकारले हिजोदेखि नयाँ बानेश्वरसहितका ठाउँमा फुटपाथमा हिँड्नसमेत रोक लगाएको छ ।

ती क्षेत्रमा पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका छन् । प्रहरी परिचालन गरेर हिँड्न रोक लगाइएको छ ।

फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ । सङ्घीय संसद् भवन बाहिरको क्षेत्र, प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा नागरिकलाई हिँड्न नै सास्ती हुने गरी रोक लगाएपछि आलोचना हुँदै आएको छ ।

ती मुख्य ठाउँमा पैदल हिँड्न नदिने गरी डोरी, जाली र कपडाको छेकबार लगाइएको छ । पैदल यात्रुहरु जोखिम मोलेरै कालोपत्रे सडकमा हिँड्न बाध्य छन् ।

यसबाट  पैदलयात्रु, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकालगायत समस्यामा परेका छन् ।

Categorized in राष्ट्रिय