arin enterprises

निगमले पेट्रोलको मूल्य बढायो

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ जेठ १, आइतबार

पुरै देशको माहौल निर्वाचनमय भइरहँदा र सबैको ध्यान निर्वाचनको परिणाममा केन्द्रीत भइरहँदा नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ ।

आयल निगमले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ बढाएको छ ।

मूल्य बृद्धि पछि पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको भाउ १५३ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।

मूल्य बृद्धि पछि पनि आगामी १५ दिनमा ४ अर्ब २५ करोड रुपैयाँ घाटा रहने स्थिती रहेको निगमले जनाएको छ ।

साथै इन्डियन आयल कर्पोरेशनलाई मे महिनाको पहिलो किस्तावापत मे ८ मा २५ अर्ब भुक्तानी गर्नुपर्नेमा १२ अर्ब ५१ करोड मात्र भुक्तानी गरिएको निगमले जनाएको छ ।

दोश्रो किस्ताको साथमा अघिल्लो किस्ताको बाँकि रकम गरी ३१ अर्ब आगामी मे २३ मा भुक्तानी गर्नुपर्ने पनि निगमकाे भनाई छ ।

रकम भुक्तानीका लागि अपुग रकम व्यवस्थापन गरिदिन वा सहुलियत व्याजदरमा ऋणको व्यवस्था मिलाइदिन निगमले नेपाल सरकारसँग आग्रह गरेको छ ।  

Categorized in समाज