arin enterprises

निको हुनेको संख्या धमाधम बढ्दै

SamacharDesk – विकाश | २०७७ आषाढ १९, शुक्रबार

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि उल्लेख्य रुपमा बढ्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ४० नयाँ संक्रमित थप हुँदा ८ सय २३ जना संक्रमित निको भई घर फर्केको जनाएको छ ।

पछिल्लो दुई दिनमा संक्रमितको भन्दा निको हुनेको संख्या बढि छ ।

हिजो पनि ४ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ६४ जना संक्रमितले कोरोना भाईरसलाई जितेर घर फर्केका थिए ।

गत मंगलबारसम्म निको हुनेको दर साढे २३ प्रतिशतको हाराहारीमा थियो भने बुधबारै यो दर व्हात्तै बढेर ३३.१४ प्रतिशत पुगेको थियो ।

आज कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ भने निको हुनेको संख्या ६ हजार एक सय ४३ पुगेको छ ।

यो तथ्याङ्क अनुसार आज निको हुनेको दर ४०.२५ प्रतिशत पुगेको छ ।

Categorized in समाज