arin enterprises

थप एक संक्रमितको मृत्यु, मृतक संख्या ३५

SamacharDesk – विकाश | २०७७ आषाढ २२, सोमबार

थप एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

हिजो बागलुङमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागलुङ निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुषको हिजो मृत्यु भएको थियो ।

उक्त पुरुष भारतमा क्षयरोगको उपचार गराइ असार १ गते नेपाल फर्केका थिए ।

भारतबाट फर्केर घरकै गोठमा होम क्वारेन्टीन बसेका उनलाई स्थानीयको दवाव पछि बागलुङको ढोरपाटन नगरपालिकाका खुङ्गास्थित छोरेगाउँ मावि क्वारेन्टीनमा बस्न गएका थिए ।

पछि फेरी उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै परिवारले उनलाई घरमै लगेर होम क्वारेन्टीनमा राखेका थिए ।

त्यहि बेला पुरुष लगायत परिवारको सबै सदस्यको स्वाब नमूना संकलन गरिएको थियो ।

परिक्षणको रिपोर्ट नआउँदै होम क्वारेन्टीन बसेकै अवस्थामा उनको मृत्यु भएको हो ।

आज आएको रिपोर्टमा पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

यो भन्दा अघि परिवारका अन्य ३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

संक्रमितको स्याहारसुसारमा संलग्न रहेकोले परिवारका सबै सदस्यको पुनः परिक्षण गर्ने बताइएको छ ।

Categorized in समाज