arin enterprises

मच्छिन्द्रनाथको जात्रा रोक्न निर्देशन

SamacharDesk – विकाश | २०७७ आषाढ २३, मंगलबार

पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा रोक्न रोक्न गुठी संस्थान ललितपुरले निर्देशन दिएको छ ।

रातो मच्छिन्द्रनाथको जात्राको क्रममा भोलि पूल्चोकमा रथारोहण गर्ने कार्यक्रम रहेको थियो । 

पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमण बढदै गएकाले भोली हुने भनिएको रथारोहण स्थगित गर्न निर्देशन दिँदै गुठी संस्थान ललितपुरले पत्र जारी गरेको हो ।

गठी संस्थानबाट जारी पत्रमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज सम्पन्न वैठकबाट जात्रा स्थगित गर्ने निर्णय भए अनुसार रथारोहण र सो सम्वन्धि सम्पूर्ण कार्यहरु स्थगित गर्न गुठी भनेको छ ।

लकडाउन जारी रहेकै समयमा गत जेठ ९ गते ललितपुरका सम्पूर्ण जातीय संगठन, सरोकारवाला संघसंस्था र समूहका प्रतिनिधिहरुको वैठक बसी उपयुक्त समयमा रथ बनाई जात्रा गर्ने निर्णय गरिएको थियो ।

सो वैठकको निर्णय अनुसार लकडाउन खुकुलो बनाइएसँगै गत असार १० गतेबाट पूल्चोकमा वाराही र यवाँल समुदायले रथ निर्माण कार्य शुरु गरेका थिए भने भोलि २४ गते देवतालाई रथारोहण गराउने साइत निकालिएको थियो ।

संक्रमण नियन्त्रणमा आएपछि प्रशासनको परामर्शमा मात्रै रथारोहणको नयाँ साइत निकालिने बताइएको छ । 

जात्राको नियमित कार्यक्रम अनुसार गत चैत २७ गते मच्छिन्द्रनाथको महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्ने कार्यक्रम रहेको थियो ।

तर लकडाउनका कारण रथ निर्माण हुन नसकेपछि मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुर तःबहालस्थित भजनपाटीमा राखिएको छ ।

Categorized in संस्कृति