सिद्धिपुरमा पनि गुंला पर्व स्थगित
SamacharDesk – विकाश | २०७७ आषाढ २९, सोमबार

नेपाल सम्वत अनुसार नवौं महिना गुंला । नेवार समाजको यस महिनाको ठुलो महत्व छ ।
गुंलालाई धार्मिक गुणले भरिएको महिनाको रुपमा लिइन्छ ।
नेपालभाषामा ला भन्नाले महिना बुझिन्छ । गुणले भरिएको गुणी महिना भएकोले यो महिनालाई गुणीला भनिएको र गुणीला शब्द नै अपभ्रम्स भएर गुणला र गुंला भएको कथन छ ।
गुंला महिनाभर विभिन्न धार्मिक गतिविधिहरु गर्ने गरिन्छ । यो महिनाभर बाजागाजासहित विहानैदेखि वौद्ध धार्मिकस्थलहरु घुम्न जाने, भजन गाउने आदि पनि गरिन्छ ।
यो वर्षको गुंलापर्वलाई कोरोना महामारीले प्रभाव पारेको छ । गुंला पर्वका विभिन्न कार्यक्रम र गतिविधिहरु महामारीका कारण स्थगित हुन पुगेको छ ।
महालक्ष्मी नगरपालिका सिद्धिपुरमा गुंला पर्व अन्तर्गतको भजन, पारु भोज, मतयाः कार्यक्रम, लाखय् नाच लगायतका कार्यक्रम स्थगित भएको छ ।
सिद्धिपुरको संस्कृति संरक्षण समूहले सूचना जारी गर्दै असार २० गतेको वैठकबाट महामारीका कारण गुंला पर्वका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।
साथै, समूहले संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आव्हान गरेको छ ।
