इल उल अज्हा घरमै बसेर मनाउन आयोगको आग्रह
SamacharDesk – बिकाश | २०७७ श्रावण १६, शुक्रबार

नेपाल बहुल जातीको विविध सँस्कृतिले भरिएको देश हो । यहाँको पहिचान भनेकै यहाँका विभिन्न जातजाती, विभिन्न धर्मावलम्बिको विभिन्न सँस्कृति नै हो ।
समग्र विश्व नै कोरोना महामारीको चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुटो रहन सकेन र नेपालका सँस्कृतिहरुलाई पनि यसले नराम्ररी प्रभावित बनाएको यथार्थ हामीले देखिरहेकै छौं ।
यहाँका धेरै जात्रा, साँस्कृतिक पर्वहरु महामारीकै कारण स्थगित भएका छन् र यो क्रम अझै जारी छ ।
मुसलिम समुदायको ईद उल फितर पनि महामारीको कारण प्रभावित बनेको थियो भने अहिले ईद उल अज्हा पनि प्रभावित हुने भएको छ ।
लकडाउन खुलेपनि कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ ।
विज्ञप्ती जारी गर्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेको अवस्थामा घरमै बसेर नमाज पढ्न र इद मनाउन आग्रह गरे ।
मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् ।
मस्जिदमा पाँच जनासम्म मात्र भेला भई सामाजिक दुरी कायम गर्दै भने नमाज पढ्न पाइने आयोगले जनाएको छ ।
Categorized in संस्कृति