arin enterprises

एकैपल्ट ५ जना संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ श्रावण २२, बिहिबार

कोरोना भाईरस कोभिड १९ का कारण मृत्य हुनेमा आज एकैपल्ट ५ जनाको मृत्यु पुष्टि भएको छ । 

मृत्यु हुने ५ जनामध्ये दुईजना मोरङका दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मोरङ जिल्ला रङ्गेली नगरपालिका ८ डर्बेसा निवासी ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भई कोशी अस्पताल पुगेका उनको हिजो निधन भएको हो ।

त्यसैगरी मोरङ जिल्ला विराटनगर महानगरपालिका बस्ने ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि हिजै कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

त्यसैगरी सर्लाही जिल्ला मलङ्गवा नगरपालिका ८ वस्ने ६५ वर्षीया महिलाको पनि हिजै मृत्यु भएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो ।

१७ गते ओम अस्पतालमा निधन हुने धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ निवासी ७२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दम, हाइपो थाइरोगिज्म उच्च रक्तचाप, मधुमेहका विरामी निमोनिया र श्वासप्रश्वासको समस्या भई काठमाडौंको ओम अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

१७ गते विहान ३ः४८ बजे ओम अस्पताल पुगेकी उनको सोही दिन निधन भएको हो । उनको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी सप्तरी जिल्ला रुपनिया नगरपालिका ५ बस्ने ४२ वर्षको पुरुषको पनि हिजै मृत्यु भएको छ ।

थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

Categorized in समाज