arin enterprises

कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २४, शनिबार

विश्व स्तनपान सप्ताहको अवसरमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना भएको छ ।

शुक्रवाः कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिका भवनमा स्तनपान कक्षको उद्घाटन गरे ।

कीर्तिपुर नगरपालिकाको अमल्सिमास्थित नयाँ भवनमा स्थापना गरिएको यस कक्षले सेवाग्राही महिलारूका साथै कर्मचारीहरूलाई समेत सहज रुपमा सुविधा उपलब्ध हुने नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले बताउनुभयो । 

कार्यक्रममा कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले आगामी दिनमा उक्त कक्षलाई मापदण्ड अनुसार थप सुविधाहरूसहित सञ्चालन गरिने बताए । 

कीर्तिपुर नगरपालिका अन्तरगत सञ्चालित स्वास्थ्य संस्थाहरूमा समेत स्तनपान सूचना कक्षको व्यवस्थापन गरिएको मानन्धरले जानकारी गराउनुभयो ।

हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गतेसम्म परेको थियो ।

Categorized in स्थानीय