arin enterprises

दुई जना संक्रमितको मृत्यु, मृतक संख्या ७५ पुग्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण २५, आइतबार

स्वास्थ्य मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङमा कोरोना संक्रमणको अवस्थाको सवालमा दिनहुँ जसो नेपालमा अन्य देशको तुलनामा मृत्युदर कम रहेको भनिरहँदा यहाँ दिनहुँ नै मृत्यु पनि हुन थालेको छ । आज फेरी दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको हिजो राती ११ः३५ बजे मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको हो । १७ साउनमा अस्पताल भर्ना भएका उनी मधुमेहबट समेत पिडित रहेको बताइएको छ ।

त्यसैगरी पर्सा जिल्ला वीरगंज महानगरपालिकाकी २० वर्षीय महिलाको पनि मृत्यु भएको छ । 

२४ गते विहान १ः३० बजे निधन भएकि उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि नारायणी अस्थायी कोभिड विशेष अस्पताल ल्याइएकोमा अस्पताल पुग्दा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

Categorized in समाज