arin enterprises

क्रिकेटर शक्ति गौचनले सन्यास लिने

SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ श्रावण ३, बिहिबार

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आसन्न युरोप ‘टुर’पछि सन्यास लिने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौचनले नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट शृंखला आफ्नो अन्तिम खेल हुने बताए । उक्त श्रृंखलापछि आफुले सन्यास लिने घोषणा उनले गरे ।

साथमा, आफुले क्रिकेट खेल्नबाट सन्यास लिएपनि कुनै न कुनै किसिमले नेपाली क्रिकेटको उत्थान र विकासमा आफुले योगदान दिइरहने पनि उनले बताए ।

गौचनको सन्यासको आधिकारिक घोषणा भने नेपालमा हुने कुनै अन्तर्राष्ट्रिय खेलको क्रममै हुने पनि बताईएको छ ।

३४ वर्षीय गौचनले नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट लगातार १६ वर्ष खेलेका छन् । सन् २००२ मा राष्ट्रिय टोलीमा गौचनले ‘डेब्यु’ गरेका थिए ।

उनले हाल बुटवलस्थित न्यू होराइजन स्कुलका क्रिकेट प्रशिक्षण पनि दिइरहेका छन् ।

Categorized in स्पाेर्ट्स