arin enterprises

डल्लुस्थित सामुदायिक स्वास्थ्य भवनको तल्ला थपिने

SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

डल्लु आवासस्थित सामुदायिक स्वास्थ सेवा परिषदको तल्ला थप गर्ने कार्यको संघीय सांसद जीवन राम श्रेष्ठले शुभारम्भ गर्नुभएको छ ।

परिपद्कै भवनमा सांसद श्रेष्ठले निर्माण सामग्री र औजार कामदारलाई हस्तान्तरण गर्दै तल्ला थप कार्यको शुभारम्भ गर्नुभएको हो ।

काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका वडा नं. १५ डल्लु आवास्थित सामुदायिक स्वास्थ्य सेवा परिषदको तल्ला थप गर्न लागिएको हो ।

कार्यक्रममा कामपा १५ वडाका अध्यक्ष साथै कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, सामुदायिक स्वास्थ सेवा परिषद अध्यक्ष हरि गोपाल श्रेष्ठ लगायत पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

Categorized in समाज