arin enterprises

काठमाडौं महानगर प्रमुख शाक्यलाई कोरोना संक्रमण

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौंको ग्राण्डी अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । 

परिक्षणका लागि अस्पतालमा दुई दिन अघि उनको स्वाब लिइएको थियो भने आज आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी आफ्नै घरमा हामे आइसोलेसनमा बसिरहेका छन् । 

आफ्नी श्रीमतिलाई ज्वरो आएपछि स्वास्थ्य जाँच गराउन अस्पताल पुगेका मेयर शाक्यले श्रीमतिको साथमा आफ्नो पनि स्वाब परिक्षण गराएका थिए । 

मेयर शाक्यको श्रीमतिको रिपोर्ट भने नेगेटिभ आएको छ । 

मेयर शाक्यले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।

Categorized in स्थानीय