कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १७, बुधबार

पछिल्ला केही दिनहरुबाट नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ १० भन्दा बढिको ज्यान गइरहेको छ ।
पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये महिला ६ जना र पुरुष ६ जना रहेका छन् ।
निधन हुने १२ जनामध्ये काठमाडौं उपत्यकाबाट ५ जना रहेका छन् । ८९ वर्षीया महिलाको साथमा ७० वर्षीय र ७५ वर्षीय पुरुष गरी काठमाडौंबाट ३ जनाको मृत्यु भएको छ भने ललितपुरकी ७० वर्षीया महिला र भक्तपुरका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
त्यस्तै चितवनमा ५५ वर्षीया महिला र १८ वर्षीया महिलाको पनि निधन भएको छ । तनहुँकी २० वर्षीया महिला र कपिलवस्तुकी ६० वर्षीया महिलाले पनि कोभिड संक्रमणबाट ज्यान गुमाएकि छन् ।
त्यसैगरी कोभिड १९ संक्रमित बाराका ९७ वर्षीय पुरुष, चितवनका ६५ वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाभाईरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या दुई सय ५१ पुगेको छ ।
Categorized in समाज