थप ९ जना कोरोना संक्रमितको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ महिला र ७ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
काठमाडौंमा ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय पुरुष एक÷एक जना गरी ३ जना र मोरङमा ६४ वर्षीया महिला एक जना र ४५ वर्षीया पुरुष एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यसैगरी झापाकी ४५ वर्षीया महिला एक जनाको साथमा पर्साका ७७ वर्षीय एक जना, धनुषामा ३५ वर्षीय एक जना, चितवनका ७० वर्षीय एक जना गरी ३ जना पुरुषहरुको पनि मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।
Categorized in समाज