arin enterprises

धारिलो हतियारले हानी घाइते बनाएको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका ४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९ वर्षीय राजु परियार रहेका छन् । 

विवादको क्रममा उनीहरुले आफ्नो छिमेकी ४५ वर्षीय दान बहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कु समेत प्रहार गर्दा घाइते भएको बताइएको छ ।

घटनाको खबर आएपछि प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

घाइते दुबै जनालाई जिल्ला अस्पताल डण्डा मध्यबिन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ । 

Categorized in अपराध