arin enterprises

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३१२

SamacharDesk – बिकाश | २०७७ भाद्र २४, बुधबार

नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बाँकेकी ८० वर्षीया महिला, कास्कीकी ७३ वर्षीया महिला र काठमाडौंकी ८६ वर्षीया महिला गरी ३ जना महिलाको मृत्यु भएको हो ।

त्यसैगरी काठमाडौंका ६७ वर्षका पुरुषको साथमा अर्घाखाँचीका ४२ वर्षीय पुरुष र नवलपरासी ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ०.६३ प्रतिशत रहेको छ ।

Categorized in समाज