जिप दुर्घटना हुँदा १० जना घाइते
SamacharDesk – बिकाश | २०७७ आश्विन २३, शुक्रबार

बैतडीको पञ्चेश्वर आमचौरास्थित सडकमा भएको सडक दुर्घटनामा १० जना घाइते भएका छन् ।
से.१ ज ८८८ नम्बरको जिप आज विहान सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार १० जना घाइते भएका हुन् ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–४ बस्ने ४५ वर्षीय बलबीर सार्कीसमेत १० जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ ।
जिपका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज