arin enterprises

कोरोनाका कारण एकैदिनमा २२ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ आश्विन २५, आइतबार

नेपालमा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण एकैदिनमा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा ११ जिल्लामा ५ महिला र १७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा ५ जनाको मृत्यु भएको छ भने काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ६६ वर्षीया महिला र ६०, ७०, ७५ र ८३ वर्षका ४ पुरुष समेत ५ जनाको मृत्यु भएको हो ।

त्यस्तै ललितपुरमा ४९ वर्षीय पुरुष र भक्तपुरमा ४४ र ५७ वर्षका पुरुषहरु २ जनाको मृत्यु भएको छ ।

चितवनमा ४ जनाको मृत्यु भएको छ । यहाँ ७५ वर्षीया महिलाको साथमा ४७ र ९८ वर्षका पुरुषहरु २ जनाको मृत्यु भएको छ । मृत्यु हुने एक जना पुरुषको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा ३ जनाको निधन भएको छ । रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषहरु ३ जनाको निधन भएको हो ।

सुनसरीमा ६२ वर्षीया महिलाको साथमा ६५ वर्षका पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसैगरी धनकुटामा ६१ वर्षीया महिला र मकवानपुरमा ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने सर्लाहीमा ३८ वर्षीय पुरुष, नुवाकोटमा ७७ वर्षीय पुरुष र सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

Categorized in समाज