रविभवनको हेलमेट शोरुममा आगलागी
SamacharDesk – बिकाश | २०७७ कार्तिक ७, शुक्रबार

काठमाडौंको रविभवनस्थित एक हेलमेट शोरुममा आगलागी भएको छ ।
रविभवनस्थित ४६ मोडिफिकेशन नेपाल नामक हेल्मेट पसलमा विजुली सर्ट भई बिहीबार राति आगलागी भएको हो ।
आगलागीमा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
उक्त हेलमेट शोरुम धादिङ धुनिवेशी घर भई हाल चन्द्रागिरी बस्दै आएकी ४० वर्षीया साबित्री बस्नेतले संचालन गर्दै आएकि थिइन् ।
Categorized in समाज