सवारी दुर्घटनामा परी मृत्यु
SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

काठमाडौंको तिनकुने मुनिभैरव सडकमा शुक्रबार राति स्कुटर दुर्घटना भई एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश ३–०२–०१२ प ७१०१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मुलपानी बस्ने ३० वर्षीय स्कुटर चालक मनोज बिष्टको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
Categorized in समाज