arin enterprises

मोटरसाइकल दुर्घटनामा एलु घलेको मृत्यु

SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

ललितपुरको नख्खुमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।

ललितपुरको नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय एलु घलेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका घलेलाई उपचारको लागि पाटन अस्पताल पुर्याइएको थियो । ललितपुरको थसिखेल बस्ने सिरहा घर भएका एलुको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको सोही अस्पतालमा उपचार भईरहेको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज