arin enterprises

मध्यपुर थिमिमा मोटरसाइकल जलेर नष्ट

SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

मध्यपुर थिमिमा आज बिहान एउटा मोटरसाइकल जलेर नष्ट भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मनहरा लोकन्थलीस्थित केश क्याफे नजिकै पार्किङ गरी राखेको मोटरसाइकल जलेर नष्ट भएको हो ।

लोकन्थलीमै बस्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४ वर्षीय दिप्लव श्रेष्ठको बा.८७ प ३८०५ नम्बरको मोटरसाइकलमा पूर्णरुपमै जलेको हो ।

स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलमा कसरी आगलागी भयो भन्ने खुल्न सकेको छैन ।

घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in समाज