आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ६ थाक्रेस्थित एक होटलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर १० बस्ने राम कुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई आज बिहान आगलागी भएको थियो ।
आगलागीमा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा परेर राम कुमारकी ३५ वर्षीया श्रीमती मिरा श्रेष्ठ घाइते भएकी छिन् ।
उनलाई उपचारको लागि शिवदर्शन धार्के अस्पताल लगिएको थियो भने अहिले थप उपचारको लागि कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल लगिएको छ ।
प्रहरी र स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिएको थियो ।
Categorized in समाज