arin enterprises

नयाँ संक्रमितमध्ये करीब ७२ प्रतिशत उपत्यकाबाट

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३, बुधबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७१ दशमलव ९८ प्रतिशत काठमाडौंबाट रहेका छन् भने वागमती प्रदेशबाट मात्रै ८१ दशमलव २७ प्रतिशत छन् ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ३८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय ३ जना छन् भने पुरुषको संख्या ६ सय ३५ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ८ सय २२ जना छन् भने ललितपुरबाट एक सय ६८ र भक्तपुरबाट ४८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १५ हजार ६ सय ९० जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९८ हजार ५ सय ३६ जना पुगेको छ । हालसम्म काठमाडौंमा ७९ हजार ७ सय ६१ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार ५ सय ८५ र भक्तपुरमा ७ हजार एक सय ९० जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ८२ हजार ३ सय ७१ जनाले कोरोनालाई जितिसके भने ४ सय ७५ जनाले ज्यान गुमाइसके ।

Categorized in समाज