पछिल्लो २४ घन्टामा संक्रमण मुक्त हुनेको संख्या आजसम्मकै उच्च
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ५, शुक्रबार

पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो पटक पाँच हजार ३ सय ६४ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्ला दिनमा आएर संक्रमण मुक्त हुनेको दर ८८ प्रतिशत पुगेको छ ।
हालसम्म दुई लाख १६ हजार ९ सय ६५ जना संक्रमित भइसके भने एक लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसके ।
काठमाडौं उपत्यकामा पनि संक्रमण मुक्त हुनेको दर उच्च नै रहेको छ । काठमाडौं उपत्यकामा निको हुनेको दर ८६ दशमलव ९३ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८ सय ७२ जना संक्रमित भइसके भने तीमध्ये ८७ हजार ६ सय ९२ जनाले कोरोनालाई परास्त गर्न सफल भइसके ।
पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेहरुमध्ये ४ हजार ८३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्ला दिनहरुमा चाडबाडका कारण परिक्षणको संख्यामा कमी आएकोले नयाँ संक्रमितको संख्या पनि कम देखिएको छ भने संक्रमणमुक्त हुनेको संख्या बढेको छ ।
Categorized in समाज