लोककवि जकःमिको संयोजकत्वमा शंखधर स्मृति प्रतिष्ठान गठन
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

नेपालभाषा साहित्य क्षेत्रमा लोककविका रुपमा परिचित राजभाई जकःमिको संयोजकत्वमा शंखधर स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
शंखधर दिवसको अवसरमा काठमाडौंको रामघाट शंखधर पुलमा आयोजित कार्यक्रमबाट लोककवि जकःमिको संयोजकत्वमा प्रतिष्ठान गठन गरिएको हो ।
प्रतिष्ठानले राष्ट्रिय विभूति शंखधरको बारे अध्ययन अनुसन्धानको साथमा भावी पुस्तालाई शंखधरको योगदानको जानकारी गराउन प्रचार प्रसारको कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिष्ठानका संयोजक जकःमिले जानकारी दिनुभयो ।
कार्यक्रममा शंखधरपुलस्थित शंखधरको सालिकमा काठमाडौं महानगरपालिका २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर लगायतले शंखधरको सालिकमा माल्यार्पण गरेका थिए ।
स्थानीयबासीकै अनुरोधमा सो स्थानमा विश्वसम्पदा प्रवेश द्वार बनाउन लागिएको वडाध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
शंखधर र नेपाल सम्वतसँग जोडिएको किम्वदन्ति अनुसार लखुतीर्थबाट ल्याइएको बालुवा यही बाटो हुँदै मरुस्थित लुँकु फल्चा पु¥याइएको थियो ।
२०५६ सालमा तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले नेपाल सम्वतका प्रणेता शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरिएको दिन कछलाथ्व दशमीमा हरेक वर्ष शंखधर दिवस मनाउने गरिएको छ ।
Categorized in समाज