जिप दुर्घटनामा परी ६ जनाको मृत्यु,
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १२, शुक्रबार

आज विहान गुल्मीको ईस्मा गाउँपालिकामा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ईश्मा हुलकै ६५ वर्षीय डम्मर बहादुर हितान, ३३ वर्षीय शिब बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ बस्ने ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा गम्भीर घाइते भएका मालिका गाउँपालिका–५ बस्ने १९ वर्षीय फर्सुराम थापाको भने जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडीमा सवार अन्य २ जना घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पातर्फ पठाइएको छ ।
जिप चालक गुल्मी ईस्मा गाउँपालिका–७ सैया बस्ने २४ वर्षीय बुद्ध बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईस्मा–४ हुलस्थित सडकमा लु.१ ज ११६६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
Categorized in समाज