arin enterprises

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुई जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

बनेपामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बनेपाको नयाँ तरकारी बजारस्थित सडकमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल–६ बस्ने ३० वर्षीय सत्यमान तामाङको साथमा बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक चौतारा–६ बस्ने २९ वर्षीय हरि कृष्ण बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि धुलिखेल अस्पताल पुयाइएको थियो भने दुवैको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

Categorized in समाज