साख्वाको प्रेरणादायी कामबाट धेरै सिक्न सकिने सभामुख सापकोटाको भनाई
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अग्रणी समाजसेवी शंखधर साख्वाको प्रेरणादायी परोपकारी कामबाट समाजले शिक्षा लिनुपर्ने बताउनुभएको छ । तत्कालीन समयमा साख्वाःले गरेको कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने सभामुख सापकोटाको भनाई हो ।
सो अवसरमा सभामखु सापकोटाले सिंहदरबारस्थित कार्यकक्षमा प्रष्फुटन नेपाल मिडिया एण्ड पब्लिकेशन प्रा.लि. को ‘नेपाल संवत् विशेषाङ्क’ स्मारिकको अनावरण गर्नुभयो ।
विशेषाङ्क अनवारण पछि सापकोटाले देशभक्ति र समाजसेवामा साख्वाः एक आदर्श पुरुष भएको चर्चा गर्नुभयो ।
प्रष्फुटन नेपाल मिडिया एण्ड पब्लिकेशन प्रा.लि ले नेपाल सम्वत ११४१ को अवसरमा ‘नेपाल संवत् विशेषाङ्क’ स्मारिका प्रकाशन गरेको हो ।
विशेषाङ्कमा राष्ट्रिय विभूति शंखधर साख्वाःले तत्कालीन समयमा गर्नुभएको योगदान र सञ्चालनमा आएको नेपाल संवतका विषयका सामग्रीहरु रहेका छन् ।
