बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

काठमाडौंको नयाँ बानेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको बानेश्वर तिनकुनेमा बा.३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं जडिबुटि बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएका २२ वर्षीय भुवन कटुवालको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका काठमाडौं जडिबुटी बस्ने सिन्धुपाल्चोक शेराङ गाउँपालिका–७ का २१ वर्षीय आशिष नेपालीको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
Categorized in समाज