arin enterprises

कीर्तिपुर र चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

काठमाडौंको चन्द्रागिरी र कीर्तिपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित निर्माण कार्यमा संलग्न ना २ क ३२३ नम्बरको निसान गाडी सडकबाट तल खसेर दुई जनाको मृत्यु भएको छ ।

गाडी सडकबाट करिब २ सय ५० मिटर तल खस्दा गाडीमा सवार सिन्धुली कमलामाई नगरपालिका–१ का २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७का २४ वर्षीय मानकुमार माझीको मृत्यु भएको हो ।

दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।

गाडी चालक हाल फरार रहेको र चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

त्यस्तै कीर्तिपुरको चोभार मन्जुश्री पार्क नजिक सडकमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार राति बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक खोटाङ च्याङसीटार–५ बस्ने २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेको दुवै सवारी साधनको साथमा टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज