मोटरसाइकल ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

दाङको राप्ती गाउँपालिकामा भएको सडक दुर्घटनामा परी अनिल चौधरीको मृत्यु भएको छ ।
सोमबार राति राप्ती–८ बिजौरीस्थित सडकमा रा.३ प १३७३ नम्बरको मोटरसाइकल लु.१ ख ७००६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती–७ अननपुर बस्ने २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लमही अस्पताल दाङ लगिएको थियो भने उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज