मिस् काभ्रे रुविलाले चाइनामा नेपालको प्रतिनिधित्व गर्ने
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन २१, आइतबार

मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाएकि हुन् ।
शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन् । मिस काभ्रे २०१८ को प्रतिस्पर्धामा रुविलाले उपाधीको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितिन् ।
मिस काभ्रेको दशौं संस्करणमा प्रियंका पाठकले दोश्रो स्थानको साथमा मोस्ट इनर्जेटिक पनि हात पारिन् । त्यसैगरी तेश्रो स्थानमा परेकि रिचा न्यौपानेले भ्युअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार समेत जितिन् ।
उपाधी विजेतालाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजु र श्रीषा वैदार फैजुले ताज पहिर्याइ दिए । विजेता साथै उप विजेताहरुलाई पनि मिस काभ्रे २०१५ का फस्ट रनर अप प्रशंम्सा मानन्धर, २०१६ का फस्ट रनर अप लजना नकर्मी र २०१७ का सेकेन्ड रनर अप पूनम नापीतको साथमा हब इन्टरनेशनल एजुकेसनका सरीता खड्का, उद्धव खड्का लगायतले गिफ्ट ह्याम्परहरु पनि प्रदान गर्नुभयो ।
'मिस काभ्रेको उपाधी विजेताको साथमा नेपालकै लागी पनि एउटा ठुलो अवसर आएको छ ।' रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि. का फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले भन्नुभयो, ‘यो प्रतिस्पर्धामा पनि हामीले अन्तर्राष्ट्रिय स्तरकै तालीमहरु दिएका थियौं । अब मिस ग्लोब वल्र्डको लागी विशेष तयारी हामीले गर्नेछौं ।’
कार्यक्रममा मिस काभ्रेको एक दशक पुरा भएको अवसरमा केक पनि काटिएको थियो । रेडियन्टका संस्थापक, संरक्षक केशवप्रसाद फैजु, फाउन्डर डाइरेक्टर राज फैजु र कार्यकारी निर्देशक श्रीषा वैदार फैजुले केक काटेका थिए । सन् २००९ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको यस सौन्दर्य प्रतियोगीतालाई काभ्रेको प्रतिष्ठित प्रतियोगीताको रुपमा लिइन्छ ।
प्रतिस्पर्धामा सुस्मिता मानन्धरले पर्सनालिटि, अनुषा गुरुङले मोस्ट सिन्सियर, सदिक्षा श्रेष्ठले मोस्ट डिसिप्लिन, सबिना तामाङले पंच्युआलिटि, रोजी कपालीले फोटोजेनिक, विनिता गुरुङले बेस्ट डान्सर, प्रभा खड्काले बेस्ट वाल्कको सब टाइटल जितिन् ।
अडिसनबाट छानिएका १० जना प्रतिस्पर्धीबीच फाइनल स्पर्धा भएको थियो । निर्णायक मण्डलले प्रदान गरेको अंकको आधारमा विजेता छानिएको थियो । निर्णायक मण्डलमा चलचित्रकर्मी नवल खड्का, गायिका सत्यकला राई, संचारकर्मी बिराजकाजी राजोपाध्याय, हब इन्टरनेशनल एजुकेशनका सरिता खड्का र संचारकर्मी निलिमा मास्के श्रेष्ठ सम्मिलित थिए ।
कार्यक्रम रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको थियो भने कोरीयोग्राफी रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका थिए । त्यसैगरी फेसन डिजाइनर श्रीषा वैदार फैजुको डिजाइन रहेको थियो । कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको थियो ।
Categorized in पेजथ्री