arin enterprises

भाइरस म्यूटेशन सधैं डरलाग्दाे नहुन तर कहिलेकाहिँ भन्न नसकिने डा. दिक्षितकाे भनाइ

SamacharDesk – बिकाश | २०७७ पौष ९, बिहिबार

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले हाल बेलायतमा देखिएकाे नयाँ प्रकारकाे काेराेना भाइरस अरू भाइरसभन्दा कडाभन्ने कुनै प्रमाण नभएकाे बताएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै डा.  दिक्षितले नयाँ प्रकारकाे याे भाइरसमा अरूभन्दा म्यूटेशन धेरै देखिएकाे र चाँडै सर्ने भएपनि हालका परिक्षण र भ्याक्सिनले काम नगर्नेभन्ने प्रमाण नभएकाे बताएका हुन् ।

‘यस किसिमकाे भाइरस (इन्फ्लुएन्जा लगायत) मा म्युटेशन देखिनु आफैमा अनाैठाे कुरा हाेइन र स्वाभाविक हाे,’ डा. दिक्षितले ट्वीटरमा लेखेका छन् । ‘एकैपटक धेरै जिनमा याे देखिएकाेले वैज्ञानिकहरूकाे बढि ध्यानाकर्षण भएकाे हाे ।’

साथमा म्यूटेशन सधैं डरलाग्दाे नहुने पनि बताएका छन् । तर कहिलेकाहिँ भन्न नसकिने भन्दै सजग हुनुपर्ने पनि उहाँले लेख्नुभएकाे छ ।

Categorized in समाज