arin enterprises

बल्खुमा सडक दुर्घटनामा एक जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष ११, शनिबार

काठमाडौंको बल्खुमा भएको एक सडक दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बल्खुमा गाडीको ठक्करले पैदलायत्री गोरखा लाकलुङ गाउँपालिका–५ का हाल काठमाडौं कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको हो ।

बा.१६ च २९१५ नम्बरको गाडीको ठक्करबाट मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल पुयाइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने हाल फरार रहेका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in समाज