मखन क्रियाशिल समूहमा सुजन विलासको नेतृत्व
SamacharDesk – बिराज | २०७७ पौष १३, सोमबार

काठमाडौंको ऐतिहासिक टोल मखनको मखन क्रियाशील समूहको दोश्रो साधारण सभा सम्पन्न भएको छ । संक्रमणको जोखिमको अवस्थामा समूहका पदाधिकारी र सदस्य लगायतको सिमित समूह मात्र भेला भएर कार्यक्रम सम्पन्न गरिएको हो ।
सभाले समूहको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
सुजन विलास बज्राचार्यको अध्यक्षतामा चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा पूर्णलक्ष्मी स्थापित चयन भएकि छन् । त्यस्तै शैलेन्द्र विलास बज्राचार्य छ्यान्जे, निरज विलास बज्राचार्य सह सचिव, कोषाध्यक्षमा महेश महाजु चुनिनुभएको छ ।
सदस्यमा राजेन्द्र शाक्य, केशरत्न शिलाकार, लक्ष्मी श्रेष्ठ शाक्य, निप्पनरत्न बज्राचार्य, खडगजंग थिंग (लामा दाई), श्याम श्रेष्ठ हुनुहुन्छ ।
त्यसैगरी सभाले समूहको सल्लाहकारमा समूहका निवर्तमान अध्यक्ष सुरेश सिलाकारलाई चुनेको छ ।
Categorized in समाज