arin enterprises

१७औं ज्यापु दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७७ पौष १४, मंगलबार

१७औं ज्यापु दिवस भोलि एक समारोहबीच मनाइने भएको छ । गत २०६१ सालदेखि यःमरि पुन्हिको दिनमा ज्यापु समुदायले मनाउँदै आएको ज्यापु दिवस भोलि काठमाडौंमा मनाउन लागिएको हो ।

यस वर्षको दिवस भने कोरोना संक्रमणको जोखिमका बीच राष्ट्रिय सभागृहमा सिमित व्यक्तिहरुको उपस्थितीमा मात्र मनाउन लागिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने आयोजक संस्था ज्यापु संस्कृति विकास कोषले जनाएको छ ।

विगतका वर्षहरुमा दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा हजारौं मानिसहरुको उपस्थितीमा भव्य समारोहको आयोजना गर्ने गरिन्थ्यो ।

तर गएका वर्षहरुमा झैं ज्यापु प्रज्ञा, ज्यापु रत्न लगायतका विभिन्न सम्मानहरु यस वर्ष पनि निरन्तर रहने कोषले जानकारी दिएको छ ।

ज्यापु संस्कृतिको संरक्षणको साथमा गैर ज्यापु समुदायवीच पनि आपसी सद्भाव, समन्वय र सहयोगीको भावनाको विकास गर्न दिवस मनाईँदै आएको कोषले जनाएको छ ।

Categorized in समाज