arin enterprises

“मिसा व तिसा” को प्रिमियर शो सम्पन्न

SamacharDesk – बिराज | २०७७ पौष १६, बिहिबार

लकडाउनको समयमा निर्माण गरिएको नेवाः लघु चलचित्र “मिसा व तिसा” को प्रिमियर शो यःमरि पुन्हिको अवसर पारेर गरिएको छ । नेवाः सिने क्षेत्रका चर्चित कलाकार सुरज ब्यञ्जनकारको पटकथा र निर्देशन रहेको चलचित्रको प्रिमियर ललितपुरमा गरिएको हो ।

निर्देशक व्यन्जनकारले चलचित्रमा कोभिड १९ महामारीको अवस्थामा सबैले भोगेको मानसिक तनाव र मनोबैज्ञानिक प्रभावका न्यूनीकरणका लागि प्रयास गरिएको बताउनुभयो ।

यस चलचित्रको विशेषता भन्नु नै चलचित्रको ९० प्रतिशत कलाकार र प्राविधिक ललितपुरको खपिन्छे टोलकै रहेका छन् भने लोकेशन पनि प्राय त्यतैको रोजिएको छ ।

प्रिमियर कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजु महर्जन, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले चलचित्रबारे मन्तव्य राखेका थिए ।

त्यस्तै चलचित्र निर्देशक व्यन्जनकार र सिनेमाटोग्राफर/सम्पादक हरि महर्जनले आ–आफ्नो अनुभव सुनाएका थिए ।

चलचित्रमा बिन्की डंगोल, रबिसन महर्जन, किरण महर्जन, सरु महर्जन, शान्ति महर्जन र सानु महर्जनको मुख्य भूमिका रहेको छ ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082