arin enterprises

चितवनमा दुर्घटनामा परि महिलाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

चितवनको रत्ननगर नगरपालिका–७ मैनाहामा एको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज बिहान भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेकी महिलाको मृत्यु भएको हो ।

प्रदेश ३–०३–००२ प ११९१ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३८ बर्षीया कौशिला महत्तोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा कौशिलाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल ४० बर्षीय सोम राज महतोको सोही अस्पतालमा उपचार भईरहेको छ ।

Categorized in समाज