सवारी दुर्घटनामा २ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष २१, मंगलबार

झापामा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा को.१ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
आज दिउँसो भएको दुर्घटना मोटरसाइकल चालक सुनसरीका ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र मोटरसाइकलमा सवार सुनसरी ईटहरीका २८ वर्षीया सलिना राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज