arin enterprises

शिव श्रेष्ठको प्रेम कहानी माघ १ मा सार्वजनि हुने

SamacharDesk – बिराज | २०७७ पौष २२, बुधबार

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार हिरो शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आउँदो माघ १ गते देशभर रिलिज हुने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म रिलिजको घोषणाको साथमा पोस्टर अनि टाइटल गीत पनि सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने शब्द सुषमा रुपाबुङ राईको रहेको छ । विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले महामारीको अवस्थामा जोखिम मोलेर रिलिज हुन लागेको भन्दै सफलताको शुभकामना दिए ।

विगत ९ महिना देखि कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाई गति दिन करोडौं लगानीको जोखिम मोलेर चलचित्र रिलिज गर्न तयार भएको भन्दै उहाँहरुले चलचित्र युनिटको प्रशंसा गरे ।

चलचित्रका निर्माता साथमा अभिनेता शिव श्रेष्ठले ४० वर्ष देखि कोरोना महामारीका बीच पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन करोडौं लगानीको जोखिम लिएको बताए ।

‘हामीले आफ्नो कर्म गर्ने हो, मेरो कर्म कलाकारीता हो,’ अभिनेता श्रेष्ठले भने, ‘बाँकि सबै हामीलाई माया गर्ने दर्शकहरुको हातमा हो ।’

कोरोना महामारीका कारण नेपाली मनोरन्जन क्षेत्र ठप्प रहेर कुनै पनि फिल्मको मिति घोषणा हुन नसकिरहेको बेलामा यस चलचित्रले रिलिजको लागि माघ १ गतेको मिति तोकेको छ ।

फिस्टेल मुभिजको ब्यानरमा निर्मित फिल्मका निर्देशक दिपेश सापकोटा  हुन् ।

आउँदो माघे संक्रान्तिमा रिलिज हुन गइरहेको ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको साथमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पनि डेब्यु गर्न लागेका छन् ।

चलचित्रमा शिव श्रेष्ठको साथमा प्रियंका कार्की, आयुष्मान देसराज, बर्षा राउत, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका चर्चित कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

 

Categorized in पेजथ्री
SKIP THIS tihar2082