ट्रक विद्युतको पोलमा ठोक्किँदा सहचालकको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

धादिङ, थाक्रे गाउँपालिका–१ खैयरघारीस्थित सडकमा ना.७ ख ९१३९ नम्बरको ट्रक विद्युतको पोलमा ठोक्किन पुग्दा ट्रकका सहचालकको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रकका सहचालक चितवन भरतपुर महानगरपालिका–२९ जुगेडी बस्ने २१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो ।
ट्रक आफैँ अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किन गएको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय मेडिकल सिम्ले लगिएको थियो भने पछि थप उपचारका लागि ग्रिन सिटी अस्पताल काठमाडौं पुयाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक चितवन भरतपुर महानगरपालिका–२७ बस्ने ३४ वर्षीय यम बहादुर तामाङको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भईरहेको छ ।
Categorized in समाज