arin enterprises

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

बाग्लुङमा ट्याक्टर सडकबाट तल खसेर भएको दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ ।

ध.१ त ४७१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाग्लुङ नगरपालिका–३ बोक्से खाल्डोस्थित सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मंगलबार राति भएको दुर्घटनामा ट्याक्टर चालक म्याग्दी धवलागिरी गाउँपालिका–७ मुना बस्ने २९ वर्षीय केश बहादुर पुन मगर मृत्यु भएको छ । मगरको घटनास्थलमै मृत्यु भएको हो । 

Categorized in समाज