arin enterprises

पार्किङमा राखिएको बसमा आगलागी

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

काठमाडौंको मनमैजुमा पार्किङमा राखिएको बसमा आगलागी भएको छ ।

आज विहान तारकेश्वर नगरपालिका–८ मनमैजु सुन्दर कैलासबस्ती नजिकको खाली चौरमा पार्किङ गरी राखेको बा.१ ख ६६९१ नम्बरको कान्तिपुर यातायातको बसमा आगलागी भएको हो ।

आगलागीमा बस पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागी कसरी भयो भनेर खुल्न सकेको छैन ।

दुर्घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Categorized in समाज