मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ माघ २, शुक्रबार

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–५ स्थित सडकमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा से.६ प ३१६७ नम्बरको मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका–१३ गोदावरी बस्ने २५ वर्षीय आसिश जोशी र सु.प.प्र.०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर(२ बाणी बस्ने ४० वर्षीय जनक बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज